तेब्बर बढी मूल्यमा युरिया बेचेको आरोपमा दाङका तीन व्यापारी पक्राउ

 भदौ १०, २०७७ बुधबार १६:३९:० | हेमराज शर्मा
unn.prixa.net

दाङ – बजार भाउभन्दा तेब्बर बढी मूल्यमा रासायनिक मल युरिया बेचेको आरोपमा दाङको गढवा गाउँपालिकाबाट तीन जना पक्राउ परेका छन्। 
देउखुरीको गढवा बजार र आसपासको क्षेत्रमा रहेका रासायनिक मलका बिक्रेताहरुले चर्को मूल्यमा युरिया बिक्री गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गढवा र जिल्ला प्रशासन कार्यालय दाङको संयुक्त अनुगमन टोलीले उनीहरुलाई पक्राउ गरेको हो । गढवा गाउँपालिका ५ का सुनील पोख्रेल, राजकुमार गुप्ता र युवराज पाण्डे पक्राउ परेका हुन् । 

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) भरतसिंह राठौरका अनुसार उनीहरूको पसलबाट प्रतिबोरा सात सय २१ पर्ने रासायनिक मल (युरिया) लाई प्रतिबोरा दुई हजार चार सय रुपैयाँको दरले बिक्री गरी उपभोक्तालाई ठगी गरेका थिए । 

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ बमोजिम म्याद थप गरी अनुसन्धान भइ रहेको इन्स्पेक्टर राठौरले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया