स्याङ्जामा निषेधाज्ञा एक हप्ता थप

 भदौ ११, २०७७ बिहिबार १४:५६:५१ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जामा भदौ १८ गते सम्म निषेधाज्ञा थपिएको छ ।

बिहीबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले जारी निषेधाज्ञालाई एक हप्ता अर्थात् भदौ १८ गते सम्म बढाउने निर्णय गरेको हो ।

स्याङ्जामा कोरोना सङ्क्रमणकाे दर घट्दो क्रममा रहे पनि छिमेकी कास्की लगायतका जिल्लामा सङ्क्रमण समुदाय स्तरमा बढ्दै गएकाे भन्दै स्याङ्जा पनि उत्तिकै जोखिममा रहेको निष्कर्ष निकालेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

निषेधाज्ञाको अवधिमा अति आवश्यक सेवा बाहेक अन्य सबै बन्द रहने प्रजिअ क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सार्वजनिक तथा निजी सवारी पूर्ण रुपमा बन्द रहनेछन् भने सरकारी तथा अति आवश्यक सेवाका कर्मचारी आवतजावतका लागि निश्चित समय निर्धारण गरिएको छ ।

बैंक तथा वित्तिय संस्था भने बुधबारबाट सञ्चालनमा आइसकेका छन् ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया