पाटन अस्पतालमा एकसहित २४ घण्टामा नाै कोरोना सङ्क्रमितको ज्यान गयाे

 भदौ ११, २०७७ बिहिबार १५:५१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुरको पाटन अस्पतालमा एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । गएकाे मङ्गलबारदेखि उपचार गराइरहेकी ललितपुरकी ६५ वर्षीया महिलाको बिहीबार बिहान ज्यान गएको अस्पतालले जनाएको छ । योसँगै नेपालमा २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या नाै पुगेको छ ।

यसअघि पर्सामा तीन, बुटवलमा दुई तथा बाँके, पोखरा र ललितपुरमा एक/एक जना गरी आठ जनाको ज्यान गएको थियो । बाराको हर्दिया ४ की २३ वर्षीया गर्भवती, पर्साको धोबिनी गाउँपालिकाका ७२ वर्षीय पुरुष, वीरगञ्ज महानगरपालिका १४ बहुवरीका ६२ वर्षीय पुरुषको उपचारकाे क्रममा नारायणी अस्पतालमा ज्यान गएको हो ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीको तिलोत्तमा नगरपालिका २ जानकीनगरकी ७० वर्षीया वृद्धा र कपिलवस्तु नगरपालिका १ का ५० वर्षीय पुरुषको ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिनुभएको छ ।

यस्तै कास्कीको पोखरा महानगरपालिका ११ की ३२ वर्षीया महिलाको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डाक्टर अर्जुन आचार्यले जानकारी दिनुभयो ।

ललितपुरको किस्ट अस्पतालमा काठमाण्डौको तारकेश्वर नगरपालिका ११ काे नेपालटार बस्दै आएका अर्घाखाँचीका ५५ वर्षीय पुरुषको बुधबार राति ज्यान गएको अस्पतालले जनाएको छ ।

यस्तै नेपालगञ्ज उपमहानगरपालिका ७ की महिलाको शिक्षण अस्पताल कोहलपुरमा बिहीबार बिहान ज्यान गएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ८३ पुगेको छ ।

अहिलेसम्म ६ लाख ३५ हजार जनाको पीसीआर परीक्षण गर्दा ३४ हजार चार सय १४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १९ हजार पाँच सय चार जना निको भएका छन् । १४ हजार सात सय ३९ जना आइसोलेशनमा छन् । नाै हजार आठ सय ३२ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया