स्वदेश फिर्ती : अहिलेसम्म फर्किए झण्डै ५३ हजार नेपाली, सबैभन्दा धेरै यूएईबाट (सूचीसहित)

 भदौ १२, २०७७ शुक्रबार १२:७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – झाण्डै तीन महिनाको अवधिमा चार्टर्ड उडानमार्फत ५२ हजार ७ सय ७९ जना स्वदेश आइपुगेका छन् ।

गएको जेठदेखि सरकारले विदेशमा अलपत्र नेपालीको उद्धार उडान थालेपछि ५८ देशबाट ५२ हजार ७७९ जना स्वदेश आइपुगेका कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ । कोरोना महामारी सुरु भएपछि गएको चैतको पहिला सातादेखि सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि घर फर्कन टिकट हातमा लिइसकेका नेपाली पनि महिनौंसम्म विदेशमै रोकिएका थिए ।

अन्तर्राष्ट्रिय उडान बन्द भएको झण्डै तीन महिनापछि सरकारले चार्टर्ड उडानमार्फत नेपालीहरुलाई स्वदेश ल्याउन थालेको हो । यस अवधिमा सबैभन्दा धेरै यूएईबाट नेपालीहरु फर्किएका छन् । यूएईबाट १५ हजार २१० जना नेपाली स्वदेश आइपुगेका छन् ।

कुन देशबाट कति फर्किए ?

यूएईपछि खाडीकै अर्को देश साउदीबाट ७ हजार ८१७ जना स्वदेश फर्किएका छन् भने कतारबाट ५ हजार ६६८ जना मात्रै अहिलेसम्म स्वदेश आइपुगेका छन् ।

झण्डै ७० हजार नेपाली श्रमिक कार्यरत खाडीको अर्को देश कुवेतबाट ६ हजार ३२० जना स्वदेश फर्किएका छन् । नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य मलेसियाबाट ७ हजार ८५८ जना स्वदेश आइपुगेका छन् भने बहराइनबाट ९८० जना, ओमानबाट ६६७ जना, इजरायलबाट २५ जना, साइप्रसबाट १०२ जना, अस्ट्रेलियाबाट एक हजार ८७ जना, फिलिपिन्सबाट २०१ जना, म्यानमारबाट २६ जना, कम्बोडियाबाट ३३ जना, सिंगापुरबाट २६४ जना, थाइल्याण्डबाट ३२६ जना, बंगलादेशबाट ८ सय ६५ जना, अफगानिस्तानबाट ५० जना, श्रीलंकाबाट ५ जना, माल्दिभ्सबाट ७०९ जना र पाकिस्तानबाट ७२ जना स्वदेश आइपुगेका सीसीएमसीले जनाएको छ ।

यस्तै चीनबाट २०८ जना, हङ्कङ र मकाउबाट ८९ जना, दक्षिण कोरियाबाट ९६७ जना, जापानबाट १२ सय ८२ जना, अमेरिकाबाट ५९१ जना, क्यानडाबाट ३८ जना, डेनमार्कबाट २१ जना, फिनल्याण्डबाट १९ जना, नर्वेबाट २० जना, स्वीडेनबाट १३ जना, अर्मेनियाबाट २ जना, जर्मनीबाट ४७ जना, पोल्याण्डबाट ५ जना स्वदेश फर्किएका छन् ।

चेक गणतन्त्रबाट २ जना, स्विट्जरल्याण्डबाट ५ जना, इटलीबाट ३९ जना, बेल्जियमबाट ९ जना, नेदरल्याण्डबाट ३० जना, अष्ट्रियाबाट ३ जना, ग्रिसबाट ३९ जना, स्पेनबाट १३ जना, फ्रान्सबाट १९ जना, पोर्चुगलबाट ५ जना, संयुक्त अधिराज्यबाट २४४ जना, युगाण्डाबाट ६ जना, नाइजेरियाबाट ४ जना, सुडानबाट ५ जना, दक्षिण सुडानबाट २५८ जना, टिउनेसियाबाट २ जना, इथोपियाबाट ५ जना, सोमालियाबाट १ जना, टर्कीबाट २९९ जना, इरानबाट २ जना, सीएआरबाट ६८ जना, भारतबाट ८५ जना र इराकबाट ३९ जना स्वदेश आइपुगेका छन् ।

अहिले पनि नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान भइरहेको छ । भदौ १६ गतेदेखि पीसीआर जाँच सहज भएका देशबाट सरकारले नियमित उडान गर्ने तालिका सार्वजनिक गरिसकेको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • जीवन न्यौपाने यू ए ई

    Aug. 28, 2020, 12:20 p.m.

    सरकारले नियमित उडान भनेर जुन तालिका सार्वजनिक गरेर किन अहिलेसम्म भाडादर को तालिका सार्वजनिक नगरेको होला? यहाँ fly दुबई को टिकट मैले चार्टर उडान भन्दा बढि मूल्य तिरेर टिकटको लागि अग्रिम बूकिंग गरे तर अझै भाडादर महँगो हुन सक्छ है भन्छ 2000 दिराम भनेको 65 हजार हो pcr चेक अलग हो फेरी किन होला चार्टर उडान भन्दा नियमित उडानमा कालोबजारी हामी पिडित हरु माथि

  •  0 Reply

तपाईको प्रतिक्रिया