थपिएको निषेधाज्ञामा केही क्षेत्र खुकुलो : यस्ता छन् निषेध गरिएका र सञ्चालन गर्न पाइने क्षेत्र

 भदौ १८, २०७७ बिहिबार ६:३१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा आउँदो २४ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ ।

बिहीबारदेखि थपिएको निषेधाज्ञामा केही क्षेत्र खुकुलो बनाइएको छ । अब खाद्यवस्तु, दूध र दूग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु बिक्री-वितरण गर्ने पसल बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ । यसअघि ९ बजेसम्म मात्रै खोल्न पाउने व्यवस्था थियो ।

त्यस्तै अब होम डेलिभरी सेवा सञ्चालन गर्न पाइने भएको छ ।  तर, त्यसका लागि कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य चाहिन्छ । रेस्टुरेन्टको टेक वे र अनलाइन डेलिभरी सेवा पनि सञ्चालन गर्न पाइने भएको छ । विकास निर्माणसँग सम्बन्धित पसल, व्यवसाय र त्यसको ढुवानीमा प्रयोग हुने गाडी दिउँसो दुई बजेदेखि बेलुका नौ बजेसम्म सञ्चालन गर्न पाइनेछ । 

सबै काममा स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य पालना गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौले निर्देशन दिएको छ ।

निषेधाज्ञामा निषेध गरिएका र सञ्चालन गर्न पाइने क्षेत्र

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया