दिल्लीबाट उद्धार गरिएका महिलाले परिवारलाई भेटे

 साउन २३, २०७५ बुधबार १९:१:१९ | गोविन्द शर्मा
unn.prixa.net

बाँके –  भारतीय बाटो हुँदै जोखिमका साथ खाडी मुलुक जान लागेका १६ जना महिलाको भारतको राजधानी नयाँ दिल्लीबाट उद्दार गरिएको छ । 

उद्दार गरिएकामध्ये ५ जनालाई बुधबार माइती नेपालको नेपालगञ्जस्थित कार्यालयबाट पारिवारिक पुनर्मिलन गराइएको छ । अन्य ११ जनालाई पारिवारिक पुनर्मिलनका लागि माइती नेपालको केन्द्रीय कार्यालय र भैरहवास्थित कार्यालयमा पठाइएको छ ।
 

माइती नेपालको नेपालगञ्जस्थित कार्यालयका कार्यक्रम संयोजक केशव कोइरालाका अनुसार उद्धार गरिएका अधिकांश महिलाहरुले खाडी मुलुक साउदी अरेबिया र कुवेत जान लागेको बताएका छन् । नेपालबाट महिलाहरु खाडी मुलुक जान बन्द भएका कारण आफूहरु भारतीय बाटो भएर जान लागेको उनीहरुको भनाई छ ।  उद्धार गरिएका महिलाहरु नेपालको मोरङ,झापा, नवलपरासी, रुपन्देही, पाल्पा, दैलेख, दाङ, बाँकेलगायतका जिल्लाका छन् ।
 

दिल्लीको मैदानगढीस्थित एक फर्महाउसमा राखिएका उनीहरुलाई  दिल्ली महिला आयोग, रेस्क्यू फाउण्डेसन र दिल्ली प्रहरी समेतको सहयोग तथा नेपाली दूतावासको समन्वयमा माइती नेपालको टोलीले उद्धार गरेको हो ।

उद्धारका लागि माइती नेपालको केन्द्रीय कार्यालय र नेपालगञ्जस्थित कार्यालयबाट एक साताअघि पुगेको टोलीले जोखिमपूर्ण यात्रामा रहेका महिलाको उद्धार गरेको हो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया