भारतीय नागरिककाे कुटपिटबाट सप्तरीमा एक नेपालीकाे ज्यान गयाे

 भदौ २२, २०७७ सोमबार १७:३६:५९ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको नेपाल–भारत सीमा क्षेत्रमा भारतीय नागरिकको कुटपिटबाट एक जना नेपालीको ज्यान गएको छ ।

दशगजा क्षेत्रमा भारतीयले कुटपिट गर्दा डाक्नेश्वरी नगरपालिका ६ कटैयाका ५५ वर्षीय रामदेव यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले जानकारी दिनुभयो ।

कुटपिटबाट घाइते यादवको उपचारको क्रममा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको प्रहरीले जनाएको छ । दशगजा क्षेत्रमा नेपालीले लगाएको धानबालीमा भारतीयले भैँसी चराएकाे विषयमा विवाद हुँदा कुटपिट र हत्या भएको बताइएको छ ।

घटनामा संलग्न भएको आरोपमा नेपाल प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया