२२ वर्ष पुरानो मुद्दामा दाेषी ठहरिएका वडाध्यक्ष पक्राउ

 भदौ २२, २०७७ सोमबार २०:२१:४ | समुद्र पौडेल
unn.prixa.net

तनहुँ – २२ वर्षअघि नागरिकतामा किर्ते गरेको अभियोगमा दाेषी ठहरिएका तनहुँका एक वडाध्यक्ष पक्राउ परेका छन् । भानु नगरपालिका ५ नाबुङका वडाध्यक्ष प्रकाश मल्ललाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो । 

झुटा विवरण पेस गरी नागरिकता किर्ते गरेको मुद्दामा २०५५ वैशाख २ गते तनहुँ जिल्ला अदालतले एक वर्ष कैद सजाय सुनाएको थियो । तर कैद सजाय भुक्तान नगरेका मल्ललाई सोमबार घरबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।  

पक्राउ गरी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएका मल्ललाई सोमबार नै कैद भुक्तानका लागि तनहुँ जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

समुद्र पौडेल

समुद्र पौडेल तनहुँका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया