निर्णयकर्ता प्रशासकहरुलाई एक नागरिकको प्रश्न र अपिल

 भदौ २३, २०७७ मंगलबार ११:४५:३१ | यमुना घले
unn.prixa.net

काठमाण्डाै - तपाइँहरुले निषेधाज्ञाको निर्णय गरिरहँदा लिइने आधार के-के हो ?

लकडाउनको अवधिमा १६ सयको हाराहारीमा भएको आत्महत्याको खबर सुनेर आत्मग्लानि हुन्छ कि हुँदैन ?

आफ्नो देशमा भोकले मर्नुभन्दा अर्काको देशमै रोगले मर्नु भन्दै भारततिरै लर्को लागेर जानेको लस्करले मुटु छुन्छ कि छुँदैन ?

लकडाउन र निषेधाज्ञाको अवधिमा बढेको घरेलु हिंसा, वृद्ध-वृद्धामा आएको नैराश्यता, युवामा आएको दिक्दारी र आक्रोश सबैको दूरगामी असरको आँकलन गर्नुभएको छ ?

गर्भवतीहरु अस्पताल पुग्न सकेका छैनन्, घरमै सुत्केरी हुँदा हुने समस्या र जोखिमको अलिकति हेक्का राख्नुभएको छ ?

कलकारखाना, उद्योग धन्दा लथालिङ्ग हुँदा खस्केको आर्थिक स्थितिको असर कस-कसलाई परिरहेको छ र दूरगामी स्थितिको आँकलन गर्नुभएको छ ?

कृषकलाई परेको समग्र असरबारे तपाइँहरु जानकार हुनुपर्छ कि पर्दैन ? आफूलाई घरमै आपूर्ति सहज रुपमा भएको छ भन्दैमा कृषि उत्पादक, वितरक र उपभोक्तालाई के असर परेको छ भनेर सोच्नुभएको छ ?

आखिर विपन्न श्रमिकको नियमित परीक्षण त भएको छैन नै, उहॉंहरु संक्रमित हो कि हैन, उपचार पाइन्छ कि पाइँदैन त धेरै परको कुरा भइगयो भन्ने हेक्का छ कि छैन ?

तपाइँको आफ्नो आम्दानी नियमित छ, घर व्यवहार यथावत् चलेकै छ, हिँडडुल गर्न पाइएकै छ । तर तपाइँले अनवरत यी सेवा सुविधा उपभोग गरिरहँदा यी सबै सेवा सुविधाका लागि कर तिर्ने विपन्न श्रमिक नाम्लोले पेट फन्फनी बॉंधेर भोकले रोइरहेको देख्दा तपाइँको आत्माले के भन्छ ?

यथास्थिति रह्यो भने भोक र आक्रोशले निम्त्याउन सक्ने सामाजिक विचलन, झडप, चोरी, हत्याहिंसा जस्ता परिस्थितिको बारेमा सोच्नुभएको छ ?

दिनहुँ संक्रमित र मृत्यु हुनेको संख्यामात्र गनिरहने अपडेटको सान्दर्भिकता के ? परीक्षण र संक्रमितमध्ये कतिजना ती विपन्नहरु परे ?

कृपया निषेधाज्ञा निर्विकल्प हैन, सुरक्षा कवच अपनाएर सबैलाई गरिखान देऊ !

(यमुना घलेको फेसबुकबाट साभार) 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

यमुना घले

यमुना घले कृषिविद् हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया