नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि
बैशाख १५, २०८१ शनिबार
काठमाण्डौ - पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको झलारी बजारमा मोटरसाइकल दुर्घटनामा परेका राष्ट्रिय क्रिकेटर ललित भण्डारीको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
धनगढीबाट थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएकोमा उनको स्वास्थ्य अवस्थामा सुधार भएको हो ।
भण्डारीको खुट्टा, कम्मर र टाउकोमा चोट लागेको छ । धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रक र म २ प ४७०५ नम्बरको एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार क्रिकेटर भण्डारी घाइते भएका हुन् ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।