भोलिदेखि लामो दूरीका गाडी चलाउने निर्णय त भयो, तर तयारी छैन

 भदौ ३१, २०७७ बुधबार १०:१८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले भोलि असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक गाडी खोल्ने भने पनि यातायात व्यवसायीले आवश्यक तयारी अगाडि नबढेको बताएका छन् ।

यसअघि असोज ५ गतेदेखि भने पनि सरकारले एकाएक निर्णय फेरेकाले तयारी नभएको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । ६ महिनासम्म थन्किएका गाडीलाई मर्मत नगरी गुडाउन नसकिने भएकाले तत्काल गाडी चलाउन सकिने अवस्था नरहेको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो ।

भोलिदेखि लामो दूरीको गन्तब्यमा जाने यात्रुका लागि आजैदेखि काउन्टर खोलेर टिकट खुलाउनुपर्ने भएकाले अहिलेसम्म तयारी नभएको उहाँको भनाई छ । सार्वजनिक यातायात सञ्चालन गर्दा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गर्नुपर्ने सरकारले मापदण्ड तोकेको छ । गाडीको आवागमन रोकिराख्दा देशको एक भागबाट अर्को भागमा पुग्नुपर्ने यात्रु र व्यवसायीले कठिनाइ भोग्नुपरेको भन्दै सरकारले भोलिदेखि खुला गर्ने निर्णय गरेको हो ।

गाडीमा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु र ५० प्रतिशतसम्म बढी भाडा लिन पाइनेछ । तर लामो दूरीमा चल्ने गाडीमा सिटमा कति जनासम्म राख्ने, कहाँ र कसरी खाना नास्ता खुवाउने, सङ्क्रमणरहित बनाउन के के गर्ने लगायतका विषयमा यातायात व्यवसायी र मजदुर अन्योलमै रहेका सिटौलाको भनाई छ ।

मापदण्डबारे सरकार र यातायात व्यवसायीबीच एकमत र स्पष्ट खाका नभएकाले अलमल रहेको उहाँले बताउनुभयो । यसअघि असोजको ५ गतेदेखि चल्ने भनेकाले आजैदेखि तयारी सुरु गरे असोज ५ गतेदेखि मात्रै लामो दूरीमा गाडी चलाउन सक्ने उहाँले बताउनुभयो । गएको चैत ११ गतेदेखिको लकडाउन तथा निषेधाज्ञासँगै लामो दूरीमा चल्ने सार्वजनिक गाडी सञ्चालनमा रोक लगाउँदा ४५ लाख जनशक्ति संकटमा परेका छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • प्रशान्त

    Sept. 16, 2020, 4:59 p.m.

    बोल्दैमा त जे पनि हुन्छ । यस्तो माहामारी ग्रस्त भएको बेला गाडी खोल्नु ठिक होला त? दिन प्रति दिन धेरै कोरोना सङ्क्रमित बढीरहेको बेला मान्छेलाई ज्यानको माया छ कि अरु ठोकको ? सर्कारले त जे पनि गर्न सक्छ, अलि माहोल मिलाएर गाडी खोलेको भए झन राम्रो हुन्थ्यो ।मेरो बिचारमा गाडी खुल्नु अनि र लकडाउन खुल्नु ठिक हैन।

  •  0 Reply

तपाईको प्रतिक्रिया