५ नम्बर प्रदेश : राजधानी र नाम टुंग्याउन विशेष समिति गठन

 साउन २४, २०७५ बिहिबार १६:३३:२६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – प्रदेश नम्बर पाँचको स्थायी राजधानी र नामाकरणको सिफारिस गर्न अधिकार सम्पन्न विशेष समिति गठन गरिएको छ । 

१५ सदस्यीय समितिले ३ महिनाभित्र प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लगाएर सिफारिस गर्ने छ ।

आजको प्रदेशसभाको बैठकले गठन गरेको उक्त सिफारिस विशेष समितिमा रुपन्देहीबाट रमा अर्याल, तुल्सीप्रसाद चौधरी, गुल्मीबाट दिनेश पन्थी, अर्घाखाचीबाट चेतनारायण आचार्य, कल्पना पाण्डे, निर्मला क्षेत्री, प्युठानबाट तारा जिसी, कपिलबस्तुबाट विष्णुप्रसाद पन्थी, सहर्षराम यादव, पाल्पाबाट वीरबहादुर राना, नारायणप्रसाद आचार्य,  बर्दियाबाट भुवनेश्वर चौधरी, रोल्पाबाट दिपेन्द्रकुमार पुन तथा दाडबाट सरस्वती गौतम, दिपेश थारु बर्दिया रहनुभएको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया