काठमाण्डौ उपत्यकामा अनलाइन शिक्षा शुल्कमा एकरुपता कायम गरिने

 असोज ५, २०७७ सोमबार ८:४८:२६ | रासस
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा अनलाइन शिक्षा शुल्कमा एकरुपता कायम गरिने भएको छ ।

सरकारले जारी गरेको निर्देशिकाले पालिकालाई दिएको जिम्मेवारीअनुसार उपत्यका नगरपालिका फोरमले अनलाइन शिक्षा शुल्कमा एकरुपता ल्याउन छलफल थालेको हो । उपत्यका नगरपालिका फोरमका सचिव एवं भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले शिक्षा शुल्कको विषयमा विभिन्न नगर र महानगरपालिकाका प्रमुख एवं उपप्रमुखसँग छलफल भैरहेको जानकारी दिनुभयो ।

सबैको रायका आधारमा फोरमले शुल्क निर्धारणका लागि आवश्यक निर्णय गरेर सरकारलाई सिफारिस गर्ने उहाँले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण बढ्दै गएपछि काठमाण्डौ उपत्यका प्रभावित भैरहेको भन्दै उहाँले त्यसको नियन्त्रणका उपायहरुबारे समेत छलफल थालिएको बताउनुभयो ।

उपत्यका नगरपालिका फोरम यसअघि सार्वजनिक गाडी तत्काल सञ्चालन गर्न नहुने पक्षमा थियो । तर सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएपछि उपत्यकामा थप जोखिम बढेको फोरमले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया