उपत्यकामा काेराेना सङ्क्रमितकाे सङ्ख्या २५ हजार नाघ्याे, काठमाण्डाैमा मात्रै २० हजारभन्दा धेरै

 असोज १५, २०७७ बिहिबार १६:४५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा नौ सय ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डौमा आठ सय १७ जना, ललितपुरमा ६८ जना र भक्तपुरमा ५८ जनालाई कोरोनाको सङ्क्रमण देखिएको हो । योसँगै काठमाण्डौ उपत्यकामा कोराना सङ्क्रमितको सङ्ख्या २५ हजार एक सय तीन पुगेको छ ।

काठमाण्डौमा २० हजार तीन सय ९३ जना, ललितपुरमा दुई हजार पाँच सय २५ र भक्तपुरमा तीन हजार एक सय ८५ सङ्क्रमित पुगेका छन् ।

गएको २४ घण्टामा देशभर एक हजार नौ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  

देशैभर सक्रिय सङ्क्रमितकाे सङ्ख्या २१ हजार आठ सय ३० नाघेकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया