एफ.एम रेडियोमार्फत पढाउनु नै अहिलेको मुख्य विकल्प : शिक्षामन्त्री पोखरेल

 असोज १७, २०७७ शनिबार १५:५९:३१ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले महामारीको यो समयमा रेडियोमार्फत हुने सिकाइ सबैभन्दा धेरै बालबालिकाको पहुँचमा पुग्ने र प्रभावकारी हुने बताउनुभएको छ । 

महोत्तरीको औरहीमा श्री प्रसाद सिंह माविको भवन उद्घाटन गर्दै मन्त्री पोखरेलले नेपालका लागि एफ.एम रेडियोमार्फत शैक्षिक क्रियाकलाप सञ्चालन गर्नु नै एकमात्र विश्वसनीय आधार भएको दाबी गर्नुभयो ।

नेपालका ८० प्रतिशत नागरिकसँग रेडियोको पहुँच रहेकाले स्थानीयस्तरमा सञ्चालित रेडियोसँग समन्वय गर्दै पठनपाठनलाई निरन्तरता दिन पनि मन्त्री पोखरेलले पालिकाहरुलाई आग्रह गर्नुभयो । 

विश्वभरि नै वैकल्पिक विधिमार्फत पढाइ भइरहेको भन्दै उहाँले इन्टरनेटको सुविधा पुगेको ठाउँमा अनलाइन कक्षा र नपुगेको ठाउँमा रेडियोमार्फत नै पढाउनु अहिलेको विकल्प भएको बताउनुभयो । 

कार्यक्रममा औरहीका मेयर सुनिलकुमार यादवले शिक्षक दरबन्दी मिलान गरी शैक्षिक क्रियाकलापलाई सहज गर्नका लागि मन्त्रीसमक्ष आग्रह गर्नुभएको छ । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया