कात्तिक १ गतेदेखि धार्मिक स्थल खुलाउने प्रस्ताव मन्त्रिपरिषदमा जाँदैछ : मन्त्री भट्टराई

 असोज २१, २०७७ बुधबार १५:६:३२ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आउँदो कात्तिक १ गतेदेखि नेपालभरका धार्मिक स्थलहरुको भ्रमण तथा अवलोकन खुला गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने बताउनुभएको छ ।

ताप्लेजुङमा भएको कार्यक्रममा मन्त्री भट्टराईले कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि बन्द रहेका धार्मिक स्थल खोल्ने प्रस्ताव बिहीबार नै मन्त्रिपरिषदमा पेस गर्ने बताउनुभएको हो । 

ताप्लेजुङको ओलाङचुङगोलामा बोर्डर आउट पोस्ट (बीओपी) को उद्घाटन गर्न ताप्लेजुङ पुग्नुभएका मन्त्री भट्टराईले प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएमा मात्र धार्मिक स्थलहरुको भ्रमण तथा अवलोकन खुला हुने बताउनुभयो । 

मन्त्री भट्टराइले आउँदो कात्तिक १ गतेदेखि विराटनगरबाट समेत पूर्वी पहाडका क्षेत्रहरुमा नेपाल एअरलाइन्सले उडान सुरु गर्ने गरी तयारी गरिरहेको पनि जानकारी दिनुभयो । 

अहिले पूर्वी पहाडका केही जिल्लामा काठमाण्डाैबाट मात्रै उडान हुँदै आएको छ । भट्टराईका अनुसार अब काठमाण्डौ–ताप्लेजुङ–काठमाण्डौका साथै विराटनगर–ताप्लेजुङ–विराटनगरको पनि उडान सुरु हुने छ । 

ताप्लेजुङको उत्तरी सीमावर्ती क्षेत्र फकताङलुङ गाउँपालिकाको मौवाटारमा बुधवार बीओपी स्थापना भएको छ । यसअघि नै बीओपी स्थापना भइसकेको सङ्खुवासभाको किमाथाङ्कामा भने बीओपीको भवन शिलान्यास हुने कार्यक्रम छ । मौवाटारमा स्थापना हुने बीओपीका लागि त्यहाँ भौतिक संरचना नबनेसम्म अहिले ओलाङचुङगोलामै प्रहरी टोली रहने छ । 

मन्त्री भट्टराईका साथमा गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धानका प्रमुख गणेशप्रसाद अधिकारीलगायतका व्यक्ति ताप्लेजुङ पुग्नुभएको छ ।  

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया