पाटे बाघको आक्रमणबाट बर्दियामा एक महिलाको ज्यान गयो

 कात्तिक ५, २०७७ बुधबार १९:१४:४ | भावुक योगी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बर्दिया – बर्दियाको मधुवनमा बाघकाे आक्रमणबाट एक महिलाको ज्यान गएको छ । सामुदायिक वनमा डालेघाँस काट्न जानुभएकी मधुवन नगरपालिका ३ की महिलाको बाघको आक्रमणबाट ज्यान गएको हो । 

मधुवनकाे भगरैया घर भएकी गंगा खत्रीको पाटे बाघको आक्रमणबाट ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिनुभयो ।

सम्झना सामुदायिक वन उपभोक्ता समूहकाे वनमा डालेघाँस काट्ने क्रममा बुधबार साँझ पाटे बाघले उहाँलाई आक्रमण गरेको थियो । पाटे बाघले आक्रमण गरी घिसार्दै लैजाने क्रममा सशस्त्र प्रहरीको बेस क्याम्प नजिक उहाँ मृत भेटिनु भएको हो ।

दुई हप्ताअघि पनि मधुवन नगरपालिकाकै माछा मार्न गएका एक किशोरको बाघको आक्रमणबाट ज्यान गएको थियो । साढे एक वर्ष अघिदेखि अहिलेसम्म बर्दिया निकुञ्ज मध्यवर्ती क्षेत्र र जिल्ला वन क्षेत्रमा पाटे बाघको आक्रमणबाट सात जनाको ज्यान गएको छ । 

पछिल्लो समय पाटे बाघले घाँस दाउरा लिन जङ्गल गएका स्थानीयलाई आक्रमण गर्नुका साथै गाउँमै पसेर पनि स्थानीयको ज्यान लिने गरेको छ । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया