आईपीएलमा दिल्ली कोलकातासँग ५९ रनले पराजित, वरुण चक्रवर्तीले लिए ५ विकेट

 कात्तिक ८, २०७७ शनिबार १९:३७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठामाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स कोलकाता नाइट राइडर्ससँग ५९ रनले पराजित भएको छ । 

कोलकाताले दिएको एक सय ९५ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ३५ रनमात्र बनाउन सक्यो । उसका लागि कप्तान श्रेयस अय्यरले ४७ रन बनाउँदा अन्य ब्याट्सम्यानले योगदान गर्न सकेनन् ।  

बलिङतर्फ कोलकाताका लागि वरुण चक्र्रवर्ती एक्लैले पाँच विकेट लिए । उनले चार ओभरमा २० रन खर्चिए । त्यस्तै प्याट कमिन्सले तीन विकेट लिँदा लकी फर्गुसनले एक विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ९४ रन बनाएको थियो । उसका लागि नितिश रानाले ८१ र सुनिल नरायनले ६४ बनाए ।

बलिङतर्फ दिल्लीका नोर्त्जे, कागिसो रबाडा र मार्कस स्टोइनिसले समान दुई–दुई विकेट लिए । 

जितसँगै कोलकाता १२ अङ्कसहित चौथो स्थानमा उक्लिएको छ ।  अहिले दाेस्राे खेलमा किङ्ग्स एलाभेन पन्जाब र सनराइजर्स हैदराबाद खेलिरहेका छन् ।    

दिल्ली क्यापिटल्स टिमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध भए पनि याे संस्करणमा उनले एक पटक पनि माैका पाएका छैनन् । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया