म्याग्दीको एउटै गाउँपालिकाका २० वटा बस्ती सार्नुपर्ने

 कात्तिक ९, २०७७ आइतबार १४:५८:३४ | रासस
unn.prixa.net

म्याग्दीको मालिका गाउँपालिकाले पहिरोको जोखिममा रहेको २० वटा बस्ती सार्न सिफारिस गरिएको छ ।

पालिका स्तरीय विपद् व्यवस्थापन समितिले जोखिममा परेका २० वटा बस्तीको पहिचान गरी अन्यत्र सार्नको लागि जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश र सङ्घीय सरकारलाई सिफारिस गरेको हो । गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक, रेडक्रसकर्मी र सुरक्षाकर्मीको संयुक्त टोलीले पहिरो, कटान र बाढीले क्षति पुर्याएका बस्तीको स्थलगत निरीक्षण गरी प्रतिवेदन तयार पारेको प्रमुख प्रशासकीय अधिकृत सुर्य विश्वकर्माले जानकारी दिनुभयो ।

जमिन धाजा फाटेर चिरा परेका र पहिरो नजिकै भएका बस्तीमा रहेका घरलाई थप क्षति हुन नदिन तत्काल सुरक्षित ठाउँमा सार्न सिफारिस गरिएको उहाँले बताउनुभयो । बस्ती सार्नको लागि प्रदेश र सङ्घीय सरकारसँग बजेट तथा योजना प्रस्ताव गरी पठाएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया