सुनको भाउ तोलामा एक हजार रुपैयाँ घट्यो

 कात्तिक १३, २०७७ बिहिबार १२:१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनचाँदीको भाउ आज घटेको छ । दशैँपछि बजार खुलेको पहिलो दिन आज सुनको भाउ तोलामा एक हजार रुपैयाँ घटेको हाे ।

सुनको भाउ आज तोलाको ९४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गएको ६ गते सुनको भाउ तोलाको ९५ हजार ७ सय रुपैयाँ थियो । यस्तै चाँदी आज तोलामा ५० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया