कांग्रेसले बाेलायाे केन्द्रीय समिति बैठक

 कात्तिक १३, २०७७ बिहिबार १३:३४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कात्तिक २१ गते शुक्रबार एक बजेका लागि कार्यसमितिको बैठक बोलाइएको मुख्य सचिव कृष्ण पाैडेलले निकाल्नुभएकाे विज्ञप्तिमा जनाइएको छ । 

पार्टीको आउँदो १४ औँ महाधिवेशनको तयारीका लागि बैठक केन्द्रित हुने बताइएको छ । 

यसअघि केही केन्द्रीय सदस्यहरूमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गएको असोज १९ गते बोलाइएको बैठक स्थगित भएको थियो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया