नेप्से परिसूचक घट्यो, ३ अर्बभन्दा धेरैको कारोबार

 कात्तिक १३, २०७७ बिहिबार १७:४४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेप्से परिसूचक बिहीबार सामान्य घटेको छ । बुधबार ४१ दशमलव २० अङ्कले बढेको परिसूचक बिहीबार १ दशमलव ७८ अङ्कले घटेर १६४५ दशमलव ६७ अङ्कमा पुगेकाे नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

बिहीबार उत्पादन, हाइड्रोपावर, निर्जीवन बीमा, माइक्रोफाइनान्स, जीवन बीमा र अन्य समूहको उपसूचक बढेका छन् । बैंक, होटल, विकास बैंक, फाइनान्स, उत्पादन र म्युचल फण्ड समूहको उपसूचक भने घटेका छन् ।

बिहीबार एक सय ९२ कम्पनीको कारोबार भएकोमा तीन अर्ब तीन करोड रुपैयाँ बराबरका एक करोडभन्दा धेरै कित्ता शेयर किनबेच भएका छन् । प्राइम कमर्सियल बैंक लिमिटेडको सबैभन्दा धेरै १३ करोड ७८ लाख रुपैयाँ बराबरकाे शेयर कारोबार भएको छ ।

बिहीबार शिवश्री हाइड्रोपावर लिमिटेडका शेयर लगानीकर्ताले १० प्रतिशत कमाएका छन् भने नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड प्रोमोटर शेयरका लगानीकर्ताले ४ प्रतिशत गुमाएका छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया