ताप्लेजुङको उकाली पानीमा सामुदायिक होमस्टे सञ्चालन हुने

 कात्तिक २८, २०७७ शुक्रबार १२:२७:५९ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर ५ उकालीपानीमा सामुदायिक होमस्टे सञ्चालन हुने भएको छ ।

सदरमुकाम फुङलिङ बजार नजिकै रहेको उकाली पानीको गुरुङ बस्तीमा होमस्टे सञ्चालन हुने भएको हो । सामुदायिक होमस्टेका लागि नारायण गुरुङको अध्यक्षतामा १० सदस्य कार्यसमिति गठन गरिएको छ । होमस्टेका लागि झण्डै २० देखि ३० लाख रुपैयाँसम्म खर्च लाग्ने कार्यसमितिले अनुमान गरेको छ ।

गुरुङ बस्तिका १० परिवारमा तिहार लगत्तै होमस्टे सञ्चालनमा ल्याउने अध्यक्ष नारायण गुरुङले बताउनुभयो । होमस्टे सञ्चालनपछि पर्यटन प्रवद्र्धन र स्थानीयको आम्दानी पनि बढ्ने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया