थप लकडाउन थेग्न सक्दैनाैँ : वायु सेवा सञ्चालक सङ्घ

 कात्तिक २८, २०७७ शुक्रबार १७:२०:३४ | रासस
unn.prixa.net

काठमाण्डाै – वायु सेवा सञ्चालकहरूको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले काठमाण्डौ उपत्यकामा लकडाउन गर्न उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति जनाएको छ ।

गएकाे ६ महिनाको लकडाउनपछि थोर बहुत जुर्मुराएको अर्थतन्त्रलाई फेरि शिथिल बनाउने अवस्थामा थप लकडाउन देशले थेग्न नसक्ने अवस्था रहेको सङ्घले शुक्रबार विज्ञप्तिमार्फत जनाएको हो ।

'केही सञ्चार माध्यममा तिहार र छठ पर्वपछि फेरि लकडाउन गर्ने समाचारप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । ६ महिनाको लकडाउनले शिथिल भएको पर्यटन, यातायात तथा हवाई सेवालगायतका अन्य व्यवसायलाई फेरि पनि ठप्प बनाउने कार्य गरिनु उचित हुँदैन । यसले हजारौँ श्रमिककाे रोजगार गुम्ने र तीनमा आश्रित परिवारको रोजिरोटीसमेत खोसिनुका साथै वायु सेवा कम्पनी ६ अर्ब रुपैयाँभन्दा बढी घाटामा गइसकेको अवस्थामा थप व्ययभार थप्नु न्यायोचित हुँदैन', विज्ञप्तिमा भनिएको छ ।

कोभिड–१९ महामारीको सङ्क्रमणदर उच्च रहेको भन्दै काठमाण्डाै उपत्यकामा लकडाउन गर्न उपत्यकाका मेयर फोरमले सुझाव दिएको थियो । महामारीकै बीच भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान तथा असोज ५ देखि आन्तरिक उडान सुरु भएको थियो । 

सरकारले मङ्सिर १ देखि सबै प्रकारका पर्यटकीय गतिविधि फेरि सञ्चालन गर्ने निर्णय गरेको छ । यसले पर्यटन, होटल र हवाई व्यवसायीलाई आशावादी बनाएको भन्दै सङ्घले 'होलिडे प्याकेज' तथा ट्रेकिङको बुकिङसमेत आउन सुरु भइसकेको जनाएको छ । 

मास्कको प्रयोग, सामाजिक दूरीको ख्याल गर्दै कोरोनाबाट बच्न सकिने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेहरूलाई भने कारबाहीको दायरामा ल्याउन पनि सङ्घले माग गरेको छ ।

लकडाउनका बीचमा समेत सङ्क्रमित बढिरहेको र कोरोना नियन्त्रणको उपाय पर्याप्त नभएकोले भन्दै सङ्घले लकडाउन मात्र प्रभावकारी नहुने भएकाले महामारी नियन्त्रणमा पूर्वाधार तथा जनशक्ति परिचालन गरी सबैको सक्रियता चाहिने उल्लेख गरेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ वायु सेवा कम्पनीले उडान भर्दै आएका छन् । अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायु सेवा कम्पनीले उडान गर्छन् ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया