महोत्तरीका विभिन्न ठाउँमा आगलागी : ५ कराेड रुपैयाँ बराबरकाे क्षति

 मंसिर ८, २०७७ सोमबार १९:७:५४ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महाेत्तरीका विभिन्न ठाउँमा आगलागी हुँदा पाँच कराेडभन्दा बढीकाे क्षति भएको छ । 

आइतबार राति औरही नगरपालिका १ मा रहेकाे महेश साह रौनियारको दुई तले पक्की घरमा बिजुली शर्ट भइ आगलागी हुँदा पाँच करोड ६३ लाख ६७ हजार दुई सय रुपैयाँ बराबरको सरसमान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

आगलगीमा त्यस भवनमा सञ्चालित साधना लघुवित वितीय संस्थाको शाखा कार्यालय तथा सुबिसु केबल नेटको आउटलेट शाखाका सरसमानहरू जलेर नष्ट भएको हो । त्यस्तै त्यही भवनमा सञ्चालित अम्बिका जनरल स्टोर्सको हार्डवेयरका समान र सिमेन्टहरू जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टले जानकारी दिनुभएकाे छ । 

त्याे आगाे जलेश्वर नगरपालिका, बर्दिवास नगरपालिका, धनुषाको क्षीरेश्वरनाथ नगरपालिका, जनकपुर उपमहानगरपालिका र स्थानीय गरी पाँच वटा दमकल, ६६ जना प्रहरीको टोली र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

४० कोठेकाे दुई तले पक्की घरमा भएकाे आगलागीमा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

त्यस्तै औरही नगरपालिका ४ काे कठुधारमा राजकरण यादवले सञ्चालन गर्दै आएको कुखुरा फर्ममा आगलागी हुँदा दुई लाख बराबरको क्षति भएको छ । यता बलवा नगरपालिका ८ काे भलौटाका रामहृदय यादवले सञ्चालनमा ल्याएको दाजुभाइ पोल्टी फर्ममा आगलागी हुँदा एक लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

यी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया