बेलायती प्रधानमन्त्रीद्वारा कोरोना भाइरसको सामूहिक परीक्षणको घोषणा

 मंसिर ९, २०७७ मंगलबार ६:२८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको सामूहिक परीक्षण गर्ने योजना घोषणा गर्नुभएको छ ।

कोरोना भाइरसको सङ्क्रमण धेरै फैलिएको देखिएका क्षेत्रलाई केन्द्रीत गरेर आम परीक्षण गरिने उहाँले घोषणा गर्नुभएको हो । सरकारको ‘कोभिड विन्टर प्लान’ अन्तर्गत सेनाको सहयोगमा परीक्षणलाई बढाउन लागिएको पनि उहाँले जानकारी दिनुभयो ।

अत्याधिक धेरै कोरोना सङ्क्रमितहरु रहेको लिभरपुलमा यसै महिना व्यापक परीक्षण गरिएको र कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण गर्न सफलता मिलेपछि प्रधानमन्त्री जोनसोनले बताउनुभएको छ । देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने सहरमा सरकारले कोरोना सङ्क्रमितको सम्पर्कमा आएका सबैलाई दैनिक रूपमा परीक्षण गराउने र सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई तत्काल ‘क्वरेण्टीन’मा पठाउने योजना बनाएको उहाँले बताउनुभयो ।

यो अभियान र प्रयोग सफल र प्रभावकारी भएमा देशव्यापी बनाउने योजना रहेको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)ले जनाएको छ । यस्तो अभियान जनवरीदेखि कार्यान्वयन गर्ने तयारी छ ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया