जन्ती बोकेको जीप दुर्घटना, चार जनाको ज्यान गयो

 मंसिर १२, २०७७ शुक्रबार २२:४१:३२ | राजु लामिछाने
unn.prixa.net

प्रतिकात्मक तस्बिर

रुकुम पश्चिम - आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा आठबीसकोट नगरपालिका ८ का कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा वडा नं. ८ कै ५८ वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो । नेपालीको शरीरका विभिन्न अङ्गमा चोट उहाँले बताउनुभयो । उहाँलाई उपचारको लागि आठबीसकोट नगर अस्पताल लगिएको छ ।

आठबीसकोट नगरपालिका वडा नं. ८ को दाजेबाट १०/१२ जना जन्ती बोकेर वडा नं. १० को घारीखोला फर्किरहेको रा.१ ज ५८९ नम्बरको जीप दाजेमा दुर्घटना भएको हो ।

जीप चालक वडा नं. ९ का डिल्लीबहादुर नेपाली फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ  । जीप सडकबाट झन्डै १ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।    

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया