नेपालगञ्जबाट रुकुम आउँदै गरेको बस सल्यानमा दुर्घटना, ६ जना घाइते

 मंसिर १७, २०७७ बुधबार २०:७:२५ | राजु लामिछाने
unn.prixa.net

प्रतिकात्मक तस्बिर

रुकुम पश्चिम – नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारीतर्फ आउँदै गरेको बस सल्यानमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ ।

ना ४ ख ६६१५ नम्बरको यात्रुवाहक बस सल्यान जिल्लाको कुमाख गाउँपालिका २ खारखोलामा दिउँसो ४ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाइते हुनेहरूमा कुमाख गाउँपालिका ४ की ४० वर्षीया देवी बुढाथोकी, ५० वर्षीया छाया शाही, कुमाख गाउँपालिका १ का १५ वर्षीय नीमबहादुर बुढाथोकी, रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ की ३८ वर्षीया साउनि गोसाई र ४० वर्षीय खडकबहादुर गोसाई रहेको प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिनुभयो । उहाँका अनुसार एक जनाको भने परिचय खुल्न सकेको छैन । 

बसमा २५ जना सवार रहेको जनाइएको छ । घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । बस सडकबाट झण्डै ३० मिटर तल खसेको हाे ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया