प्रदेश एकमा अहिलेसम्मकै धेरै धान उत्पादन

 मंसिर २९, २०७७ सोमबार १२:३५:२९ | सुजता सुनुवार
unn.prixa.net

इलाम - प्रदेश एकमा अहिलेसम्मकै धेरै धान उत्पादन भएको छ ।

उच्च पहाडी, मध्य पहाडी र तराई गरी प्रदेश एकका १४ जिल्लामा गरी झण्डै १३ लाख ११ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । यो उत्पादन गएको वर्षको तुलनामा एक लाख १२ हजार पाँच सय मेट्रिक टन बढी हो । गएको वर्ष ११ लाख ९८ हजार सात सय ४० मेट्रिकटन धान उत्पादन भएको थियो ।

मनसुन र पर्याप्त वर्षा हुनु, समयमै रोपाइँ हुनु, रोग कीरा नदेखिनु र उत्पादन क्षेत्रफल पनि बढ्नुलगायतका कारणले धान उत्पादन बढेको निर्देशनालयले जनाएको छ । उच्च पहाडी जिल्ला ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा गरी ६० हजार सात सय १४ मेट्रिक टन धान उत्पादन भएको छ ।

यस्तै मध्य पहाडी जिल्ला पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङमा दुई लाख ५५ हजार मेट्रिकटन धान उत्पादन भएको छ । साथै तराईका झापा, सुनसरी, मोरङमा नौ लाख ९५ हजार तीन सय ७७ मेट्रिकटन धान उत्पादन भएको निर्देशनालयका प्रवक्ता सरस्वती श्रेष्ठले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया