कतारमा कार्यरत नेपालीले मिर्गौला पीडित निशानलाई गरे आर्थिक सहयोग

 पुस २, २०७७ बिहिबार ११:३८:३२ | महेश्वर नेपाल
unn.prixa.net

काठमाण्डौ – दुवै मिर्गौलामा समस्या देखिएका गोरखा बोर्लाङका निशान श्रेष्ठ ‘गणेश’को उपचारका लागि कतारमा कार्यरत नेपालीले आर्थिक सहयोग गरेका छन् ।

कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपालीहरुले १ लाख ६५ हजार रुपैयाँ सहयोग रकम सङ्कलन गरेर पठाएको कतारबाट मोहन श्रेष्ठले जानकारी दिनु भयो । 

आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि परिवारले सहयोगको अपील गरेका थिए । त्यसपछि कतारमा कार्यरत श्रमिकले सहयोग रकम सङ्कलन गरेर पठाएका हुन् ।

निशानको पाटन अस्पतालमा उपचार भैरहेको छ । ‘भाइको दुवै मिर्गौलाले काम गर्न छोडेको छ अब मिर्गौला फेर्नुबाहेक अन्य उपाय छैन, आफन्तले मिर्गौला दान गर्न सहयोग त गर्ने हुनु भएको छ त्यसको लागि पैसा छैन,’ निशानका दाइ युवक श्रेष्ठले भन्नुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया