टाटाको ग्लोबल सर्भिस क्याम्प : लकडाउनका कारण महिनौँ थन्किएका गाडी मर्मत गराउने अवसर

 पुस २, २०७७ बिहिबार २०:२२:२८ | मल्लिका थापा
unn.prixa.net

काठमाण्डौ - नेपालका लागि टाटा मोटर्सका आधिकारिक वितरक सिप्रदी ट्रेडिङको ग्लोबल सर्भिस क्याम्प २०२० गएको आइतबारदेखि भइरहेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सिप्रदीको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी आइतबार उद्घाटन गरिएको कार्यक्रम आउने पुस ८ गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।

यस वर्ष भइरहेको ग्लोबल सर्भिस क्याम्प पाँचौँ संस्करण हो । टाटा मोटर्सको पाँचौँ ग्लोबल सर्भिस क्याम्पमा ग्राहकले केही सेवा निःशुल्क र केहीमा भारी छुट पाउने व्यवस्था छ । यसबारे उज्यालो सहकर्मी मल्लिका थापाले सिप्रदी ट्रेडिङ प्रालिका कमर्सियल भेहिकल, ग्राहक सेवा शाखा प्रमुख साम्देन छेरिङ लामासँग कुराकानी गर्नुभएको छ ।

टाटा मोटर्सको ग्लोबल सर्भिस क्याम्प कसका लागि हो ?

यो सर्भिस क्याम्पमा टाटा मोटर्स कमर्सियल गाडीका ग्राहक सहभागी हुन सक्छन् । कार्यक्रममा टाटा मोटर्सका कमर्सियल गाडीका ग्राहकले निःशुल्क गाडीको जाँच, विशेष योजनाका साथै अन्य सेवा पाउने छन् । हरेक वर्ष हुँदै आएको ग्लोबल सर्भिस क्याम्प यस वर्ष पनि ४० भन्दा बढी देश र नेपालमा ५० ठाँउमा एकै पटक सुरु भएको हो ।

यस वर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न भन्दै लकडाउन भएकाले ग्राहकलाई धेरै महिना थन्काएर राखेको गाडी मर्मतका लागि कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा टाटा गाडीका चालकलाई निःशुल्क तालिमको समेत व्यवस्था छ । विशेषतः ग्राहक र कम्पनीबीच सुमधुर सम्बन्ध स्थापित गर्न ग्लोबल सर्भिस क्याम्प गर्ने गरिएको छ ।

नेपालसँगै अरू पनि थुप्रै देशमा एकै साथ हुने यस कार्यक्रमले नेपालको सन्दर्भमा कस्तो महत्त्व राख्छ ?

यस्ता कार्यक्रममार्फत कम्पनीले ग्राहकसँग उत्कृष्ट सम्बन्ध बनाउन सफल हुन्छ भन्ने हाम्रो अपेक्षा हो । कम्पनीले दिने सेवा सुविधाबाट ग्राहकले पाउने सन्तुष्टि नै कम्पनीको सफलताको कारक हो । कार्यक्रममा गाडी जाँच र मर्मत मात्र होइन, हरेक दिन अनलाइनमार्फत आवश्यक प्राविधिक परामर्श पनि दिने व्यवस्था छ । जसले गर्दा गाडी चालक तथा प्रयोगकर्ता गाडीमा आउने सानातिना समस्या समाधान गर्न आफै सक्षम हुनेछन् ।

क्याम्पमा गाडीका पार्ट्स, लुब्रिकेन्ट्स, ब्याट्रीलगायतमा आकर्षक छुट छ । योसँगै निःशुल्क बम्पर टु बम्पर चेकअप, निःशुल्क सर्भिसिङ, स्पेयर पार्ट्स, लुब्रिकेन्टस् र ब्याट्रीमा भारी छुटलगायतका सुविधा छ । ग्राहकले क्याम्पमा सहभागी भएर पक्कै पनि फाइदा लिन सक्छन् भन्ने हाम्रो विश्वास छ ।

कोरोना सङ्क्रमणको जोखिमका बाबजुद कार्यक्रम आयोजना भएको छ, स्वास्थ्य सुरक्षा सावधानीका लागि कस्तो व्यवस्था छ ?

स्वास्थ्य सुरक्षाको मापदण्डलाई ध्यान दिएर नै हामीले कार्यक्रम गरिरहेका छौँ । एकैचोटि भिडभाड नहोस् भनेर अघिल्ला वर्षहरूमा तीन दिनका लागि हुने कार्यक्रम यसपालि १० दिनसम्मका लागि आयोजना भएको छ । कार्यक्रम भइरहेका सर्भिस सेन्टर परिसरभित्र सामाजिक दुरी कायम गर्नुपर्ने छ । गेटबाट गाडी प्रवेश गर्नेबित्तिकै गाडीमा स्यानिटाइजेशन गर्नुका साथै चालक र अरू सदस्यको पनि ज्वरो नाप्ने र हातमा स्यानिटाइजर लगाउन दिने व्यवस्था गरिएको छ ।

कार्यक्रममा सहभागी हुनेले अनिवार्य मास्कको प्रयोग गर्नुपर्छ । हामीले सर्भिस बुकिङलाई प्राथमिकता दिँदै सर्भिस प्रि–बुकिङ गर्ने ग्राहकहरूलाई थप उपहारको व्यवस्थासमेत गरेका छौँ । सर्भिस बुकिङका लागि ९८०१२२३३४४ मा मिस्ड कल गर्न सकिन्छ । ग्राहकलाई ढुक्क भइ प्रि–बुकिङ गरेर यो सर्भिस क्याम्पको फाइदा उठाउन हाम्रो आग्रह पनि छ ।

क्याम्पमा टाटा मोटर्सका ग्राहकले पाउने सेवा सुविधा के–के हुन् ?

ग्राहकका लागि यसपालिको क्याम्पमा विशेष अफर छ । सिप्रदीले दिने कुनै पनि सेवाको सर्भिस चार्ज लिँदैन । ग्लोबल सर्भिस क्याम्पअन्तर्गत टाटा मोटर्सका सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरमा गाडीको सम्पूर्ण जाँच हुनेछ । निःशुल्क बम्पर टु बम्पर चेकअप, निःशुल्क सर्भिसिङ, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स र ब्याट्रीमा भारी छुट, चालकका लागि निःशुल्क तालिम, हरेक दिन स्मार्ट फोन जित्ने अवसरलगायतका सुविधा ग्राहकले पाउँछन् ।

कार्यक्रममा खेल तथा मनोरञ्जनात्मक गतिविधि पनि भइरहेका छन् । सिप्रदीको सफलता सबै ग्राहकको अटुट विश्वासका कारण भएकोले ग्राहकको मन जित्न सिप्रदी हरेक पल लागिरहन्छ । त्यसैले गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको ग्लोबल सर्भिस क्याम्प सकेसम्म नछुटाउनु होला । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया