इलामको माङ्सेबुङमा बाली विज्ञानको पढाइ सुरु

 पुस ३, २०७७ शुक्रबार ९:५०:३४ | सुजता सुनुवार
unn.prixa.net

इलाम - इलामको माङ्सेबुङमा बाली विज्ञानको पढाइ सुरु भएको छ ।

माङ्सेबुङको सरस्वती माध्यमिक विद्यालय कक्षा ९ मा बाली विज्ञान विषयको अध्ययन सुरु भएको हो ।

कक्षा ९ मा यसै वर्षदेखि औपचारिक रूपमा पठनपाठन सुरु गरेको प्रधानाध्यापक हरिप्रसाद आङ्देम्बेले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो वर्ष नै कक्षा ९ मा ४७ जना विद्यार्थीले बाली विज्ञान अध्ययन गर्न सुरु गरेका छन् । विद्यालयले प्रवेश परीक्षा लिएर छनोट भएकालाई औपचारिक शिक्षाका लागि प्रवेश गराएको हो ।

परीक्षाबाट ४७ जना उत्तीर्ण भएसँगै अध्ययन सुरु गरिएको हो । कोरोना सङ्क्रमणका कारण लामो समय विद्यालय सञ्चालन हुन नसक्दा विशेषज्ञ छनोटमा समेत समस्या भएको थियो । पहिलो वर्ष भएका कारण कक्षा ९ बाट अध्ययन सुरु गरिएको हो ।

आउँदा दिनमा नियमितरूपमा बाली विज्ञानको कक्षा सञ्चालन हुने प्रधानाध्यापक आङ्देम्बेको भनाइ छ । पछिल्लो समय बालबालिकाको समेत व्यावसायिक र प्राविधिक विषयप्रति चासो बढ्दै गएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया