प्रचण्डले हटाएका ज्ञवालीलाई ओलीले फेरि बनाए प्राधिकरणको सीईओ

 साउन ३०, २०७५ बुधबार १६:४३:२१ | मदन पौड्याल
unn.prixa.net

काठमाडौं –राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सीईओमा सरकारले पुनः सुशील ज्ञवालीलाई नै नियुक्त गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई प्राधिकरणको सीईओमा नियुक्त गरेको हो । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले २०७२ साल पुस १० गते उहाँलाई सीइओ नियुक्त गरेको थियो । तर पछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन माओवादी केन्द्रको सरकारले २०७३ पुस २७ गते ज्ञवालीलाई पदबाट हटाएको थियो । 

अहिले केपी ओली नेतृत्वको सरकारले फेरि ज्ञवालीलाई नै नियुक्त गरेको हो । पुनर्निर्माण प्राधिकरणको सीईओ नियुक्त ज्ञवालीको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । आफूलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै ज्ञवाली अदालत जानुभएको थियो । सरकारले सीइओमा नियूक्त गरेसँगै उहाँ मुद्धा फिर्ता लिने तयारीमा हुनुहुन्छ । 

भूकम्प प्रभावितलाई राहत दिनेदेखि पुनर्निर्माणको काम गर्ने प्राधिकरणमा अध्यक्षपछि कार्यकारी अधिकृत प्रमुख पद हो । प्राधिकरणको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । ज्ञवाली सिभिल इन्जिनियर हुनुहुन्छ । पाल्पा घर भएका ज्ञवालीसँग स्थानीय निकायमा लामो समय काम गरेको अनुभवसमेत छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया