आईसीटी अवार्डको ग्राण्ड फिनाले शनिबार

 पुस ९, २०७७ बिहिबार १५:१२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ‘हुवावे आईसीटी अवार्ड २०२०’ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा परिचित आईसीटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले शनिबार होटल सोल्टी क्राउन प्लाजामा आयोजना हुने भएको हो ।

‘आईसीटी अवार्ड २०२०’ आयोजक समितिले बिहीबार काठमाण्डाैमा एक कार्यक्रम आयोजना गरी आगामी शनिबार ग्राण्ड फिनाले हुने जानकारी गरकाएको हो । लिभिङ विथ आईसीटीको आयोजनामा हुने ‘हुवावे आईसीटी अवार्ड २०२०’मा विभिन्न ११ विधाहरु रहेको भए पनि यसपटक अर्को एक विधा थप गरी ‘जुरी मेन्सन आईसीटी अवार्ड २०२०’ पनि प्रदान गरिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताउनुभयो ।

अवार्ड विजेताहरुले विशेष सम्मान, सिल्ड लगायतका पुरस्कारहरु पाउनेछन् । हुवावे आईसीटी अवार्ड २०२० मा रहेका विधाहरुमा स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड र एनसेल इन्नोभेसन आईसीटी अवार्डका विधाहरुमा विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट ५ को घोषणा भएको छ ।

डिजिटल एजुकेशन र डिजिटल गभर्नेन्स आईसीटी अवार्डमा उत्कृष्ट ३ को घोषणा भएको छ । यसैगरी पायोनियर आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड, वुमन आइकन आईसीटी अवार्ड र मिडिया पर्सन आईसीटी अवार्ड २०२० को विजेताहरु भने फाइनल कार्यक्रममा नै घोषणा हुने आयोजकले बताएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया