भारत लैजाँदै गरेका दुई युवतीको कैलालीबाट उद्धार

 पुस १०, २०७७ शुक्रबार १२:११:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

कञ्चनपुर - भारततर्फ लैजाँदै गरेका दुई युवतीको सशस्त्र प्रहरीले कैलालीबाट उद्धार गरेको छ ।

कञ्चनपुरको वेदकोट नगरपालिका-१ की १८ वर्ष र धादिङको थाक्रे गाउँपालिका-५ की २० वर्षकी युवतीको उद्धार गरी आवश्यक अनुसन्धानका लागि शान्ति पुनःस्थापना केन्द्र त्रिनगर कैलालीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताउनुभयो ।

युवतीलाई भारततर्फ लैजाने काममा संलग्न वेदकोट-१ हात्तिथलाका २० वर्षका लोकेन्द्र बोहरा र बझाङको मष्टा गाउँपालिका-३ ठकुरीथानाका २१ वर्ष सुनिल बोहरालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा बुझाइएको पनि उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया