खर खडाइका लागि बर्दिया निकुञ्ज प्रवेश गरेका एक जनाको ज्यान गयो, एक घाइते

 पुस ११, २०७७ शनिबार २०:४१:३९ | भावुक योगी
unn.prixa.net

बर्दिया - खर खडाइका लागि बर्दिया निकुञ्ज प्रवेश गरेका बारबर्दियाका एक जनाको ज्यान गएको छ भने एकजना भालुको आक्रमणमा परि घाइते हुनुभएको छ ।

बर्दिया निकुञ्जको चुरे क्षेत्रमा बाबियो काट्न गएका बेला बारबर्दिया नगरपालिका सिउनिया घुस्राका ४२ वर्षीय वरन्तु थारुको निकुञ्जभित्रै ज्यान गएको निकुञ्जले जनाएको छ । 

उनकाे ज्यान जानुकाे मुख्य कारण खुल्न नसके पनि भिरबाट लडेर ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिनुभयो ।

बनिया भारबाट प्रहरी र निकुञ्जको टोली घटनास्थलतर्फ गएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो । यस्तै बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्र भास तालनजिक भालुको आक्रमणबाट एक जना घाइते हुनुभएको छ ।

घाइतेको आँखा र हातमा चोट लागेको छ । उहाँको नाम ठेगाना खुल्न नसकेको र घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको निकुञ्जले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रका स्थानीयका लागि हरेक वर्षझैँ यसवर्ष पनि शनिबारदेखि तीन दिनका लागि निकुञ्ज प्रवेश खुल्ला गरेको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया