निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाउने सरकारको निर्णय

 पुस १२, २०७७ आइतबार १६:५६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले निजी अस्पतालहरूलाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेडिकल कलेजबाहेकका सबै निजी अस्पतालहरूलाई कोभिड अस्पतालको सूचीबाट हटाएको हो ।

यसअघि कोभिड अस्पतालको सूचीमा रहेका निजी अस्पतालहरूले आजसम्म भर्ना भएर उपचार गराएका कोरोना सङ्क्रमितको उपचार खर्चमात्र सोधभर्ना गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै अब कोरोना सङ्क्रमितको उपचार सरकारी अस्पताल तथा मेडिकल कलेजहरूबाट मात्र हुने छ ।

यस्तै मन्त्रालयले सरकारी तहबाट सङ्कलन भएका नमुनाको पीसीआर परीक्षणका लागि निजी प्रयोगशालालाई उपलब्ध गराउने काम पनि बन्द गरेको छ ।

मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको आइतबारको बैठकले बेलायतलगायत विभिन्न देशबाट फर्किएका दुई सय ७७ जनाको पीसीआर परीक्षण गरी कोरोना पुष्टि भएमा जीन सिक्वेन्सिङ पनि गर्ने निर्णय गरेको छ ।

बेलायतलगायतका विभिन्न देशमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि त्यस्ता देशबाट नेपाल आएकाहरूमा पनि कोरोनाको नयाँ प्रकार हुन सक्ने भएकोले परीक्षण गर्न लागेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया