आईसीटी अवार्ड सम्पन्न, यी हुन् अवार्ड विजेताहरू

 पुस १२, २०७७ आइतबार १७:३१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालको सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित आईसीटी अवार्डको पाँचौँ संस्करण सम्पन्न भएको छ । 

लिभिङ विथ आईसीटीको आयोजनामा सम्पन्न ह्वावे आईसीटी अवार्ड २०२० मा विभिन्न विधामा व्यक्ति तथा संस्था सम्मानित भएका छन् ।

अवार्डमा विभिन्न ११ विधा र जुरी मेन्सनसहित १२ प्रतिस्पर्धीलाई अवार्ड प्रदान गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, मन्त्रालयका सचिव हरि बस्याल, पूर्वमन्त्री गणेश शाह, योजना आयोजकका सदस्य डा. रामकुमार फुयाँल र हुवावे नेपालका सीईयो ज्याङ जियोजिङलगायतले विजेतालाई अवार्ड प्रदान गर्नुभएको छ । 

आईसीटी अवार्ड २०२० मा राइजिङ स्टुडेन्ट प्रोजेक्ट सञ्चै छौदेखि डिजिटल गर्भनेन्सको उत्कृष्ट संस्था आन्तरिक राजस्व विभागसम्मले अवार्ड प्राप्त गरेका छन् । ​

पायोनियर आईसीटी अवार्ड नीलकण्ठ उप्रेतीले प्राप्त गर्नुभयो भने आन्टरप्रेर अवार्ड विनय बाेहोराले जित्न सफल हुनुभएको छ । यसैगरी वुमन आइन आईसीटी अवार्ड तिमिला यामीले र नेपाली डायस्पोरा आईसीटी अवार्ड गौरवराज उपाध्यायले जित्नुभएको छ ।

एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आईसीटी अवार्ड पाइला रिसेसिएटरले प्राप्त गरेको छ भने स्टार्टअप आईसीटी अवार्ड क्रिप्टोजेन नेपालले प्राप्त गरेको छ । प्रडक्ट आईसीटी अवार्ड सीपीएफडीएस र जुरी मेन्सन आईसीटी अवार्ड हाम्रो स्वास्थले प्राप्त गरेको छ ।

यस्तै मिडिया पर्सन आईसीटी अवार्ड कारोबार दैनिकका किरण आचार्यले प्राप्त गर्नुभएको छ ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया