दोस्रो राष्ट्रिय जलवायु दिवस मनाइयो

 पुस १७, २०७७ शुक्रबार १८:४७:१० | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जलवायु परिवर्तन र असरका विषयमा यस वर्ष पनि जलवायु दिवस मनाएको छ । मेलम्ची नगरपालिका ९ गुफाडाँडामा दोस्रो जलवायु दिवस तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो । पर्यटकीयस्थल गुफाडाँडामा सन् २०२० देखि जलवायु सम्मेलन हुंदै आएको हो । 

सिन्धुपाल्चोक जलवायु तथा वातावरणीय जोखिमको हिसाबले अगाडि भएकाले पनि सिन्धुपाल्चोकले यो विषयको उठान गरिरहेको छ । सिन्धुपाल्चोकमा बर्सेनि बाढी पहिरोबाट क्षति हुने गरेको छ । 

यस वर्ष ७८ वटा झण्डात्तोलन गर्दै जलवायु परिवर्तन एवम् कोभिड–१९ सम्बन्धी सन्देशमूलक ब्यानर प्रदर्शन, जलवायु परिवर्तनसम्बन्धी अन्तरक्रिया गर्दै जलवायु दिवस मनाइएको छ । 

जलवायु सम्मेलनका क्रममा २०७५ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन गर्नुभएको थियो । यस वर्ष कोभिडका कारण सीमित व्यक्तिको मात्र उपस्थिति भएको हो । 

यस वर्ष १० बुँदे गुफाडाँडा घोषणापत्र जारी गर्दै सम्मेलन सकिएको छ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया