हेटौँडामा ट्रकको ठक्करबाट सफारी चालकको ज्यान गयाे
फागुन १३, २०७७ बिहिबार
काठमाण्डाै – दक्षिण कोरियामा गएको वर्ष जन्मभन्दा मृत्यु धेरै भएको छ । सन् २०२० मा दुई लाख ७५ हजार आठ सय बालबालिका जन्मिँदा सबै उमेरका गरि तीन लाख सात हजार सात सय ६४ जनाको ज्यान गएको छ ।
सन् २०१९ को तुलनामा सन् २०२० मा १० प्रतिशत कम बालबालिका जन्मिएकाे बीबीसीमा उल्लेख छ । इतिहासमै पहिलो पटक जनसङ्ख्या वृद्धि नकारात्मकतर्फ गएपछि दक्षिण कोरियामा चिन्ता बढेको छ । दक्षिण कोरिया विश्वमै कम जन्मदर भएको देशको सूचीमा पर्छ ।
जन्मदर घट्दै गएपछि दक्षिण कोरियाको आन्तरिक मामिला मन्त्रालयले अघिल्लो महिना जनसङ्ख्यासम्बन्धी नीतिमा परिवर्तन गरी सन् २०२२ देखि जन्मिने हरेका बच्चाको स्याहारका लागि परिवारलाई एक हजार आठ सय ५० अमेरिकी डलर प्रदान गर्ने व्यवस्था गरेको छ ।
यस्तै बच्चा एक वर्षको पुग्ने बेलासम्म मासिक तीन लाख कोरियन वन दिने व्यवस्था गरेको छ ।
घट्दाे जनसङ्ख्याले दक्षिण काेरियामाथि अत्यधिक दबाब बढेकाे छ ।
बढ्दाे उमेरका धेरै जनसङ्ख्याका कारण स्वास्थ्य सेवा र पेन्सनका लागि धेरै राजस्व खर्च गर्नुपर्ने हुन्छ र युवाहरूकाे घट्दाे जनसङ्ख्याका कारण दक्षिण काेरियामा कामदारकाे पनि कमी भइरहेकाे छ ।
यी दुई कारणले दक्षिण काेरियाकाे अर्थ व्यस्थामा प्रत्यक्ष असर पर्ने गरेकाे छ ।