६ वर्षीय बालकको घाँटी बटारेर हत्या गर्ने हजुरबुवा र ठूलीआमा जेल चलान

 साउन ३१, २०७५ बिहिबार १३:२४:३७ | केसी लामिछाने
unn.prixa.net

पर्सा – नातीको हत्याको आरोप लागेका हजुरबुवा र ठूलीआमालाई पर्सा जिल्ला अदालतले पूर्पक्षका लागि जेल चलान भएका छन् । 

पर्सा जिल्लाको बहुदरामाई नगरपालिका वडा नम्बर २ बैरिया बिर्ताका ताराचन्द साह र रीतादेवी साहलाई साउन ३० गते अदालतले पूर्पक्षका लागि जेलमा राख्ने आदेश दिएको हो । 

बैरिया बिर्ताका शिवजी साहको छोरा ६ वर्षीय आयोग साहको असार ३१ गते साहको घरदेखि ३ सय मिटर उत्तरतर्फ रहेको पोखरीमा शव फेला परेको थियो ।

६ वर्षीया बालक आयोगलाई हजुरबुवा र ठूलीआमा मिलेर घाँटी बटारेर हत्या गरेको अनुसन्धानबाट खुलेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धानका क्रममा फेला परेको दशी र प्रमाणको आधारमा सरकारी वकीलमार्फत जिल्ला अदालतमा पेश गर्दा उनीहरुलाई पूर्पक्षमा राख्ने आदेश भएको हो । 
ताराचन्द हत्या गरिएका बालक आयोग साहका हजुरबुवा हुन् भने रीतादेवी ठूलीआमा हुन्् । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया