सुर्खेत बस दुर्घटना : दुई जनाको परिचय खुल्यो, एक जना बेपत्ता

 पुस २३, २०७७ बिहिबार १९:५४:१७ | मुना हमाल
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सुर्खेत – सुर्खेतमा भएको बस दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेको परिचय खुलेको छ । बिहीबार दिउँसो छिन्चु जाजरकोट सडक खण्डमा पर्ने गुर्भाकोट नगरपालिका ९ मा  दाङको चन्द्र–सूर्य यातायात समितिको ना ५ ख ७७५० नम्बरको बस दुर्घटना भएको थियो ।

दुर्घटनामा बस चालक दाङको बबई गाउँपालिका ३ का सुमन नेपालीको ज्यान गएको छ भने सल्यानको कालीमाटी गाउँपालिका ४ का किशोर सुनार घाइते भएका छन् । 

बेपत्ता भएका एक जनाको भने परिचय नखुुलेको प्रहरीले जनाएको छ । दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गर्दा अनियन्त्रित भएर बस दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिनुुभयो । 

उहाँले बसमा चालक, सहचालक र एक जना यात्रु गरेर तीन जनामात्र रहेको बताउनुभयो । घाइते भएका सुनारलाई उपचारका लागि नेपालगञ्ज पठाइएको उहाँको भनाइ छ । बेपत्ता  भएकाको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया