बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ

 पुस २८, २०७७ मंगलबार ११:१०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोपमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छिन् । 

कलाकारहरुले प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोपमा उजुरी दिएपछि उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ । 

जिल्ला अदालत काठमाण्डौबाट पक्राउ अनुमति पाएपछि रेग्मीलाई पक्राउ गरिएकाे प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताउनुभयो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया