चन्द्रागिरिको आईपीओ भर्नेलाई केबलकारमा २५ प्रतिशत छुट

 माघ १, २०७७ बिहिबार १६:४९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चन्द्रागिरि हिल्स लिमिटेडको ११ औँ वार्षिक साधारण सभा बुधवार (हिजो) सम्पन्न भएको छ । साधारण सभामा कम्पनीको वित्तीय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको छ । 

साधारण सभाको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणका लागि आह्वान गरेको साधारण शेयरमा आवेदन दिने सबै आवेदकलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । शेयरमा देखिएको उल्लेखनीय सहभागिता, सबैलाई शेयर पर्ने सम्भावना न्यून रहेको हूँदा सबै आवेदकको सम्मान गर्दै यो योजना सार्वजनिक गरिएको कम्पनीका अध्यक्ष चन्द्रप्रकाश ढकालले बताउनुभयो ।

चन्द्रगिरि शेयरमा आवेदन दिने १२ लाख ५६ हजार सात सय ४६ जना आवेदकले शेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्नेछ । 

यो योजना यही माघ ५ गतेदेखि एक वर्षसम्मका लागि मान्य हुने कम्पनीले जनाएको छ । 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया