२४ घण्टामा ३४८ जनामा काेराेना सङ्क्रमण

 माघ ६, २०७७ मंगलबार १७:१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा नेपालमा तीन सय ४८ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । याेसँगै सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ६७ हजार नाै सय ९२ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

यस्तै गएकाे २४ घण्टामा चार सय ४१ जना काेराेनामुक्त भएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या दुई लाख ६२ हजार दुई सय ५९ पुगेकाे छ । अब नेपालमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या तीन हजार सात सय ६४ रहेकाे छ । 

यस्तै थप चार काेराेना सङ्क्रमितकाे ज्यान गएसँगै सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार नाै सय ६९ पुगेकाे छ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया