प्रधानमन्त्री कपमा लुम्बिनीले प्रदेश दुईलाई ७७ रनले हरायाे

 माघ ६, २०७७ मंगलबार १८:५०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश नम्बर दुईलाई ७७ रनकाे ठूलाे अन्तरले हराएकाे छ ।

लुम्बिनीले दिएको दुई सय ५८ रनको लक्ष्य पछ्याएको प्रदेश दुई ४२ ओभर चार बलमा एक सय ८० रनमै अलआउट भयो । प्रदेश दुईका लागि सुधीर चौधरीले सर्वाधिक ४२ रन बनाए । लुम्बिनीका अनिल खरेलले चार तथा विक्रम भुसाल र दिपेन्द्र रावतले दुई/दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले सन्दीप रजालीको सर्वाधिक ८३ र सौरभ खनालको ५६ रनको मद्दतमा दुई सय ५७ रन बनाएको थियो । प्रदेश दुईका हरिशङ्कर शाहले तीन विकेट लिँदा दिव्यान्शु मलिकले दुई विकेट लिए । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया