क्यामरुन : बसमा आगलागी हुँदा ५३ जनाको ज्यान गयो, २९ घाइते

 माघ १५, २०७७ बिहिबार ८:५४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - क्यामरुनमा यात्रुवाहक बसमा आगलागी हुँदा ५३ जनाको ज्यान गएको छ भने २९ जना घाइते भएका छन्  ।

पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करसँग ठोक्किँदा बसमा आगलागी भएको समाचार संस्था अलजजिराले जनाएको छ ।

क्यामरुनको मध्यपश्चिम क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने ठाउँमा दुर्घटना भएको हो । आगलागीमा ज्यान गुमाउने धेरैको शव जलेकाले पहिचान गर्न मुश्किल भएको स्थानीय गभर्नर अउवा फङ्का अगस्टाइनले बताउनु भएको छ ।

७० सिट क्षमताको बसमा आगलागी भएको उहाँले जानकारी दिनु भएको छ । सरकारी अधिकारीहरूले घटनाका बारेमा अनुसन्धान भइरहेको बताएका छन् । प्रारम्भिक विवरणअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करका चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको देखिएको खबरमा उल्लेख छ ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया