सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन (तस्बिरसहित)

 माघ १७, २०७७ शनिबार १९:२१:१८ | सीताराम ओझा
unn.prixa.net

कैलाली – नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा विरोध सभा गरेको छ ।

सभामा नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली अस्ताउँदो सूर्य भएको टिप्पणी गर्दै अब ओली युगको अन्त्य भएको बताउनुभयो । निर्वाचन आयोगले ओलीले विस्तार गरेको केन्द्रीय सदस्यलाई नकारेको भन्दै उहाँले आफूहरुले ल्याएको गणतन्त्र, संघीयता, लोकतान्त्रिक तथा समावेशीकरण ओलीले समाप्त पार्न खोजेको आरोप लगाउनुभयो ।

कञ्चनपुरमा भएको निर्मला पन्तको बलात्कार र हत्याको विषयलाई उठाउँदै नेता नेपालले बलात्कारीलाई दण्डित गर्ने कुरा पार्टीमा बारम्बार उठाउँदा पनि सरकारले नसुनेको बताउनुभयो । यस्तै कार्यक्रममा समूहका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले संविधान विपरित प्रतिनिधि सभा विघटन गरेर आफैमाथि कलङ्कको टीका लगाएको टिप्पणी गर्नुभयो ।

संसद बोलाएर ओली माथी कारबाही गर्ने तागत आफूहरुमा भए पनि अदालतमा मुद्धा रहेकोले त्यसो नगरेको भन्दै प्रचण्डले अदालतमाथि भरोसा रहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया