अयोध्या र रेसुङ्गाको सम्बन्ध विस्तारका लागि सन्त सम्मेलन
चैत ७, २०७९ मंगलबार
जेठो श्रीमतीबाट सन्तान नजन्मेपछि शान्ति साउदसँग दोगडाकेदार गाउँपालिका डरमका भिमले २०७२ सालमा बिहे गर्नुभयो । बिहेपछि शान्ति र भीमबाट छोरी जन्मिन् तर, छोरी जन्माएको भन्दै भिमले शान्तिलाई कुटपिट मात्र गरेनन् । घर छोडेर आफै बेपत्ता भए । शान्तिसँग अहिले न त नागरिकता छ न त बिहे दर्ता । नागरिकता नहुँदा अपाङ्गता भत्ताबाट शान्ति बञ्चित हुनुभएको छ । जन्म दर्ता नहुँदा छोरीलाई स्कुल भर्नामा समेत समस्या भएको छ । श्रीमान बेपत्ता र आमाबुबाको नामबाट नागरिकता बनाउन वडा कार्यालयले सिफारिस नदिएपछि शान्तिलाई समस्या भएको हो । हेर्नुहोस्, हामीले उहाँको समस्या र कानुनी व्यवस्थाकाबारे अधिवक्तालाई भेटेर तयार पारेको सामग्री ।
याे पनि पढ्नुहाेस्