महिला लिगमा आर्मीले वालिङलाई २–० ले हरायो

 माघ २७, २०७७ मंगलबार १४:५२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको मङ्गलवारकाे पहिलो खेलमा आर्मीले वालिङलाई दुई–शून्यले हराएको हो ।

आर्मीको जितमा शर्मिला थापाले र विमला चौधरीले एक/एक गोल गरे । शर्मिलाले खेलकाे पहिलाे मिनेटमै गाेल गर्दा विमलाले ४३ औँ मिनेटमा गाेल गरिन् ।

जितसँगै आर्मीले आठ खेलमा १९ अङ्क जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानमा रहेको एपीएफकाे सात खेलमा २१ अङ्क छ । वालिङ आठ खेलमा ११ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया